September 24, 2023, Sunday
२०८० आश्विन ७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

खोटाङको बाक्सिला बजारमा भीषण आगलागी

२०७९ पुष ४

660

काठमाडौंः खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारमा भीषण आगलागी सुरु भएको छ । सोमबार साँझ बाक्सिला बजारमा आगलागी सुरु भएको केपिलासगढी गाउँपालिकाका उपाध्यक्ष गुरुराज राईले जानकारी दिए ।

आगलागीमा दीपक गुरुङ, रमेश परियार, डिल्लीकुमार श्रेष्ठ र शुभराज राईको घर जलेको छ । आगो फैलिन नदिन अहिले जेसिभि र स्काभेटर प्रयोग गरेर अकबर राईको घर भत्काउने काम भइरहेको छ । आगलागीको कारण भने खुल्न सकेको छैन । घटनाको विस्तृत जानकारी आउन बाँकी छ ।