काठमाडौंः नेकपा माओवादी केन्द्र संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्ड सर्वसम्मत चयन भएका छन् । सिंहदरबारस्थित दलको कार्यालयमा बिहीबार बसेको संसदीय दलको बैठकले अध्यक्ष दाहाललाई प्रतिनिधिसभा तथा संघीय संसदीय दल नेतामा सर्वसम्मत रुपमा चयन गर्ने निर्णय गरेको हो ।
प्रमुख सचेतकमा हितराज पाण्डेलाई निर्विरोध चयन गरिएको छ । त्यस्तै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभाको संसदीय दल नेतामा सर्वसम्मत रुपमा निर्वाचित भएका छन् भने प्रमुख सचेतक गोपीबहादुर सार्की अछामी र सचेतक गंगाकुमारी बेल्बासे चयन भएका छन् ।