February 27, 2024, Tuesday
२०८० फाल्गुन १५
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

माओवादी,एमाले,रास्वपा र जसपाको बालुवाटारमा बैठक सुरु

२०७९ पुष १०

740

काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास भक्तपुरस्थित बालकोटमा चार दलबीच छलफल सुरु भएको छ । एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका नेता अशोक राईलगायतका नेताहरुबीच छलफल सुरु भएको हो ।

नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुबै पद छाड्न तयार नभएपछि माओवादी सत्ता गठबन्धनको वार्ता छाडेर एमालेसँग छलफलमा बसेको हो । रास्वपा र जसपा पनि थपिएपछि चार दलसँग सरकार गठनका लागि आवश्यक बहुमत पुग्छ । एमालेसँग ७८, माओवादी केन्द्रसँग ३२, रास्वपासँग २० र जसपासँग १२ जना सांसद रहेका छन् । २७५ सदस्यीय प्रतिनिधिसभामा सरकार गठनका लागि १३८ सांसदको समर्थन चाहिन्छ ।

मिलिजुली सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय आइतबार साँझ ५ बजे सकिँदैछ । १४ सांसद भएको दल राप्रपा पनि एमालेसँग संवादमै रहेको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन एमाले अध्यक्ष ओलीसँग वार्ता गरेर निस्किएका छन् ।