September 25, 2023, Monday
२०८० आश्विन ९
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

वैज्ञानिक समाजवादी युवा लिगले चैत २४ र २५ गते राष्ट्रिय भेला गर्ने

२०७९ पुष २३

1.6K

काठमाडौंः वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालको जनवर्गीय संगठन वैज्ञानिक समाजवादी युवा लिग, नेपालको चौथो पूर्ण बैठक चितवनमा सम्पन्न भएको छ । उक्त बैठकले संगठनको प्रथम राष्ट्रिय भेला यहि चैत २४ र २५ गते आयोजना गर्ने गरी मदन बस्नेतको संयोजकत्वमा ११ सदस्यीय राष्ट्रिय भेला आयोजक समितिको गठन गरिएको छ । आयोजक समितिको सदस्यहरुमा प्रकाश शर्मा, क्षितिज लामिछाने,श्याम वि.क.,छेसाङ तामाङ,बुद्ध लिम्बु,विवेक विसी,पुष्पा घर्ती,पवित्रा कार्की,सन्दीप जैसवाल र शादुल रहेका छन् ।

त्यस्तै बैठकले ४ वटा प्रदेशका संयोजकहरु पनि तोकिएकोे छ । जस अनुसार प्रदेश २ मा क्षितिज लामिछाने,३ मा छेसाङ तामाङ,४ मा प्रकाश शर्मा र ५ मा विगुललाई जिम्मेवारी दिइएको छ । साथै बैठकले आर्थिक विभाग,संगठन विभाग,अध्ययन तथा अनुसन्धान विभाग,सुचना तथा सञ्चार विभाग र राष्ट्रिय भेलाका लागि विधान तथा प्रतिवेदन मस्यौदा समिति,सदस्यता वितरण गर्ने लगायतका निर्णयहरु पनि गरिएको छ ।