September 24, 2023, Sunday
२०८० आश्विन ७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

पुस २७ मा विदा दिनु जनआन्दोलनको मर्म र भावना विपरीतः अध्यक्ष यादव

२०७९ पुष २६

580

काठमाडौंः गृह मन्त्रालयले पृथ्वी जयन्ती ९पुस २७ गते० को दिन सार्वजनिक विदा दिने निर्णय भएको औपचारिक जानकारी गराएको छ । मन्त्रालयले आज सूचना जारी गरी पुस २७ गते देशभर र विदेशस्थित राजदूतावास तथा कूटनीतिक नियोगहरुमा सार्वजनिक विदा दिने निर्णय भएको जानकारी गराएको हो ।

सरकारको उक्त निर्णयमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भने विरोध जनाएका छन् । यो निर्णय जनआन्दोलनको मर्म र भावना विपरीत भएको र यसबाट विविधतामा एकता नभई एकतामा विभेद उत्पन्न गर्ने यादवको दावी छ । जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार अध्यक्ष यादवले राजतन्त्रात्मक निरंकुश पञ्चायती व्यवस्थाले स्थापित गरेको पृथ्वी जयन्तीलाई प्रचण्ड सरकारले पुनर्स्थापित गर्नु जनआन्दोलनको मर्म र भावना विपरीत कार्य भएको बताएका छन् ।