September 23, 2023, Saturday
२०८० आश्विन ६
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

रेशम चौधरीलाई छुटाउने प्रधानमन्त्री प्रचण्डको आश्वासन

२०७९ पुष २६

535

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानुनसम्मत ढंगले रेशम चौधरीलाई रिहा गराउने बताएका छन् । प्रतिनिधिसभामा विश्वासको मत माग्ने क्रममा उनले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले संसदबाट कानुन बनाएर रेशम चौधरीलाई कानुनसम्मत ढंगले रिहा गराउने बताएका हुन् ।

तराई मधेश लगायत अन्य राजनीतिक दलसँग विगतमा भएको समझदारीका आधारमा अध्यादेश बनाएर भए पनि रेशम चौधरीसहित नेता कार्यकर्तालाई छुटाउन पहल गरेको पनि उनले बताए । तर संसद सुरु भइसकेकाले अब संसदबाटै कानुन बनाएर रेशम चौधरीको रिहाइ गर्ने उनको भनाइ छ ।

आफूले यस विषयमा सात्ता साझेदार दलको संयन्त्रमा पनि छलफल गरिसकेको भन्दै प्रधानमन्त्री प्रच्ण्डले संयन्त्रको बैठकमा पनि छिटो भन्दा छिटो पहल गर्ने सहमति भएको बताए । आफूले सार्वजनिक समारोहमा रेशम चौधरीलाई अन्याय भएको र त्यसबाट न्याय दिनुपर्छ भन्दै आएको पनि प्रधानमन्त्री प्रचण्डले बताएका छन् ।