September 24, 2023, Sunday
२०८० आश्विन ८
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

राष्ट्रियसभाको बैठक बस्दै

२०७९ पुष २९

515

काठमाडौं :  राष्ट्रियसभाको बैठक आज बस्दै छ । १३औँ अधिवेशनको दोस्रो बैठक बस्न लागेको हो । दिउँसो १ बजेर १ मिनेटमा नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बैठक सुरु हुनेछ ।

आजको बैठकमा संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिका संयोजक खिमलाल देवकोटाले संघीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन र सातै प्रदेशका प्रदेशगत प्रतिवेदनहरू सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची छ ।