September 25, 2023, Monday
२०८० आश्विन ९
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

बार्सिलोना स्पेनिस सुपर कपको फाइलनमा

२०७९ पुष २९

485

काठमाडौँ : स्पेनिस सुपर कपको फाइलनमा  प्रवेश गरेको छ । रियल बेटिसलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै  फाइलनमा प्रवेश गरेको हो । अब, बार्सिलोनाले रियल मड्रिडसँगको जनवरी १६ मा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

किंग्स फहाद अन्तर्राष्ट्रिय स्टेडियममा निर्धारित र अतिरिक्त समयको खेल २–२ को बराबरी भएपछि विजेताको टुङगो पेनाल्टी सुटआउटमा भएको थियो ।

४०औं मिनेटमा स्ट्राइकर रोबर्ट लेवान्डोवस्कीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ७७औं मिनेटमा फिकिरको गोलमा बेटिस खेलमा फर्किएको थियो । ९३औं मिनेटमा अंशु फातीले गरेको गोलमा बार्सिलोनाले पुनः अग्रता लिएको थियो । एक सय एक मिनेटमा मोरोनले बेटिसलाई खेलमा फर्काएका थिए ।

पेनाल्टी सुटआउटमा बार्सिलोनाका फाती, लेवान्डोवस्की, फ्रयांक केइसी र पेड्रीले गोल गरे भने बेटिसका जस र मोरोनले मात्र गोल गरे । योआन्मी र कार्भाहालोले प्रहार बार्सिलोनाका गोलरक्षक मार्क टेर स्टेगेनले रोकेका थिए ।