September 24, 2023, Sunday
२०८० आश्विन ७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

जिवित उद्धार गर्ने सम्भावना करीब सकिएको छः कास्की सिडियो

२०७९ माघ १

610

काठमाडौंः कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले विमान दुर्घटना भएको स्थानबाट कसैलाई जिवित उद्धार गर्ने सम्भावना करीब सकिएको बताएका छन् । उनले अझैपनि उद्धार कार्य जारी रहेको तर कसैलाई पनि जिवित भेट्न नसकिएको जानकारी दिएका छन् ।

‘हालसम्म २०–२२ जनाको शव निकालिएको छ । आगलागी नियन्त्रणमा आएको छ तर तल विमान नदीको खोँचमा खसेका कारण उद्दारमा कठीनाइ भएको छ’, उनले भने, ‘ अवस्था भयावह छ । कसैलाई जिवित उद्धार गर्न सकिने सम्भावना देखिएको छैन । त्यै पनि हामी लागिपरेकै छौँ ।’ उनले भने ।