September 25, 2023, Monday
२०८० आश्विन ९
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

दुर्घटना भएको विमानमा सवार ६८ जनाको शव फेला

२०७९ माघ १

730

काठमाडौँः सेती नदीको खोंचमा दुर्घटना भएको यति एयरलायन्सको विमानमा सवार ६८ जनाको शव फेला परेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले विज्ञप्ति निकालेर आइतबार अपराह्न साढे ४ बजेसम्ममा ६८ शव दुर्घटनास्थलबाट निकालिएको जानकारी दिएको हो । केन्द्रका अनुसार अन्य शव खोजी जारी छ ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले सेती नदीको खोंचमा धेरै तल विमान खसेका कारण क्रेनको प्रयोग गरी उद्धारको प्रयास जारी रहेको बताए । समन्वय केन्द्रले दुर्घटनामा परेका मृतक यात्रुका परिवारका सदस्य वा आफन्तजनहरुले थप जानकारी चाहिएमा काठमाडौं विमानस्थल कार्यालयको ०१४११३१६३ र यती एयरलाइन्सका पेम्बा शेर्पाको ९८०१००७५३१ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

काठमाडौंबाट बिहान १०ः३२ बजे पोखराका लागि नेपाली ५३, विदेशी १५ र ४ चालक दलका सदस्यसहित उडेको यती एयरको विमान १०ः५० बजे दुर्घटना भएको थियो । जहाजमा २५ महिला, ३७ पुरुष ३ बालक र ३ शिशु थिए ।