September 23, 2023, Saturday
२०८० आश्विन ६
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

दुर्घटनाको शोकमा आज यती एयरलाइन्सले सबै उडान रद्द गर्ने

२०७९ माघ २

395

काठमाडौंः यती एयरलाइन्सले आज सोमबार हुने सबै उडान रद्द गरेको छ । पोखरामा आइतबार ९ एन ए एन सी ७२ विमान दुर्घटना भएको शोकमा आजका उडान रद्द गरिएको यती एयरलाइन्सले जनाएको छ ।

कम्पनीले आइतबार नै सूचना प्रकाशित गर्दै आपत्कालीन र उद्धार उडानबाहेक नियमित सबै उडान रद्द गरेको जानकारी गराएको हो । कम्पनीको जहाज आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणअघि दुर्घटना भएको थियो ।. विमानमा चालकदलका चार सदस्यसहित ७२ जना सवार थिए । पछिल्लो अपडेट अनुसार ६८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ ।