September 24, 2023, Sunday
२०८० आश्विन ७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

कंगोको एक चर्चमा गरिएको बम आक्रमणमा १० जनाको मृत्यु

२०७९ माघ २

535

काठमाडौंः प्रजातान्त्रिक गणतन्त्र कंगोको एक चर्चमा गरिएको बम आक्रमणमा १० जना मानिसहरूको मृत्यु भएको छ । सोही आक्रमणमा परी ३९ जना मानिसहरू घाइते भएका हुन् । युगाण्डाको सीमा नजिक कंगोको कासिन्दी शहरमा रहेको चर्चमा विद्रोही समूह आइ.एस.आइ.एल.ले प्राथना गरिरहेका मानिसहरुको माझ बम आक्रमण गरेको हो । घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

कंगो सरकार र आइ.एस.आइ.एल.बीच सन् २०१९ मा भएको शान्तिवार्ताको उल्लंघन गर्दै सोही समूहले लगातार आतंकवादी आक्रमण गर्दै आएको छ । गत अप्रिलदेखिको हिंसात्मक घटनामा कंगोमा ३ सय ७० जना मानिसको मृत्यु भइसकेको छ ।