September 23, 2023, Saturday
२०८० आश्विन ६
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

सिटिईभिटीलाई वैज्ञानिक समाजवादी विद्यार्थी संगठनको ज्ञापनपत्र

२०७९ माघ ३

1.9K

काठमाडौः वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालको जनवर्गीय संगठन वैज्ञानिक समाजवादी विद्यार्थी संगठन नेपालले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (CTEVT) मा ज्ञापनपत्र बुझाएको छ । CTEVT अन्तर्गत छात्रवृत्तिमा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई विगत ६ महिनादेखि निर्वाह भत्ता, यातायात खर्च र पोशाक खर्च बापतको रकम उपलब्ध नगराएकाले तत्काल उपलब्ध गराउन भन्दै ज्ञापनपत्र बुझाएको हो ।

त्यस्तै तोकिएको सेमेस्टर भित्रै परीक्षा सम्पन्न गरी समयमै रिजल्ट प्रकाशित गर्न पनि विद्यार्थीहरुले माग गरेका छन् । साथै आफुहरुको मागलाई CTEVT ले छिटोभन्दा छिटो सम्बोधन नगरेमा कडा भन्दा कडा आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।
विज्ञप्तिः