September 24, 2023, Sunday
२०८० आश्विन ८
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

राष्ट्रपति पद मेरो लागि होइनः डा.सन्दुक रुइत

२०७९ माघ ४

430

काठमाडौंः वरिष्ठ नेत्र रोग विशेषज्ञ डा.सन्दुक रुइतले राष्ट्रपति पद आफ्नो लागि नबनाएको बताएका छन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुको प्रश्नमा उनले राष्ट्रपति पदमा आफ्नो इच्छा नरहेको बताएका हुन् । उनले आफूले गर्ने कामको बारेमा राम्रोसँग जानकार रहेको र राष्ट्रपति पदमा गएर भन्दा बाहिर रहेर नै आफूले गर्नुपर्ने कामहरु धेरै रहेको बताएका छन् ।

उनले राष्ट्रपति पदलाई राम्रो बनाउनका लागि गर्नुपर्ने धेरै कामहरु रहेको पनि बताएका छन् । हालै बहराइनको प्रतिष्ठित इशा अवार्ड पाएपछि उनले आज पत्रकार सम्मेलन गरेका थिए । इशा अवार्ड पाएपछि सामाजिक सञ्जालमा डा। रुइतलाई राष्ट्रपति बनाउनुपर्ने आवाज उठेका थिए ।