September 25, 2023, Monday
२०८० आश्विन ९
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

प्रतिनिधिसभाको उपसभामुखका लागि आज मनोनयन दर्ता गरिदैँ

२०७९ माघ ६

420

काठमाडौंः प्रतिनिधिसभाको उपसभामुखका लागि आज मनोनयन दर्ताको समय तोकिएको छ। संसद सचिवालयले मनोनयन दर्ताका लागि दिउँसो १ देखि अपराह्न ४ बजेसम्मको समय निर्धारण गरेको छ।

निर्वाचन कार्यतालिकाअनुसार आजै अपराह्न सवा ४ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ। भोलि दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा उपसभामुखका लागि मतदानको कार्यक्रम छ । सत्ता साझेदार दलमा उपसभामुख रास्वपाको भागमा परेको छ। रास्वपाले आज बिहान ९ बजे संसदीय दलको बैठक बसेर उम्मेदवार टुंग्याउने तयारी गरेको छ।