June 18, 2024, Tuesday
२०८१ असार ४
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

रास्वपाकी सांसद इन्दिरा रानाले गराइन् उपसभामुखमा उम्मेदवारी दर्ता

२०७९ माघ ६

705

काठमाडौंः सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद इन्दिरा राना मगरले उपसभामुखमा उम्मेदवारी दर्ता गराएकी छिन् । बिहान बसेको रास्वपा संसदीय दलको बैठकले रानालाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

जसअनुसार उनले सत्ता गठबन्धन दलको समर्थनमा उम्मेदवारी दर्ता गराएकी हुन् । उनलाई उपसभामुखमा रास्वपाका सोविता गौतमले प्रस्ताव गरेकी हुन् भने समर्थकमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन रहेका छन् ।