September 24, 2023, Sunday
२०८० आश्विन ७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

नेपालको भूमि कसैका विरुद्ध प्रयोग हुन दिँदैनौः अध्यक्ष ओली

२०७९ माघ ६

460

काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छिमेकी मुलुकहरुसँग कुनै कार्ड नखेल्ने बताएका छन् । उनले नेपालको भूमि कसैका विरुद्ध प्रयोग हुन नदिने र उनीहरुको जायज चासो र चिन्तालाई सम्बोधन गरेर अगाडि जाने बताएका छन् ।

एमालेको परराष्ट्र मामिला विभागले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै ओलीले नेपालको भूमि कसैका विरुद्ध प्रयोग हुन नदिने र कुनै सैन्य गतिविधिमा सामेल नहुने उनले बताए । ओलीले भने, ‘हाम्रो सार्वभौमसत्ता, स्वतन्त्रतामा कुनै सम्झौता गर्दैनौं । पारस्परिक लाभ र सम्मानका आधारमा सम्बन्ध कायम गर्छौं ।’