September 24, 2023, Sunday
२०८० आश्विन ७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

कैलालीमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२०७९ माघ ६

555

काठमाडौंः कैलालीमा ट्रयाक्टर दुर्घटना हुँदा ट्रयाक्टर सहचालकको मृत्यु भएको छ । गोदावरी नगरपालिका १२ को रातापानी सामुदायिक वनमा शुक्रबार बिहान से १ त ६१९३ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा कञ्चनपुर पुनर्वासका ४० वर्षीय मनीराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार सहचालक चौधरीको ट्रयाक्टरको इन्जिनमा च्यापिएर मृत्यु भएको हो । दुर्घटनामा ट्रयाक्टर चालक पुनर्वास नगरपालिका १० का ४१ वर्षीय सत्तु राना गम्भीर घाइते भएका छन् । उनको अहिले धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । गोदावरीबाट ढुङ्गा ल्याउन जादै गरेको अवस्थामा अनियन्त्रित भएर ट्रयाक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ ।