September 25, 2023, Monday
२०८० आश्विन ९
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

गृहमन्त्री लामिछानेले भने,“मिडियाको हेडलाइन बदल्न सक्दिनँ”

२०७९ माघ ७

315

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले फरार रहेकाहरू पक्राउ पर्ने बताएका छन् ।

फरार अभियुक्त संसद भवनमै आउँदासम्म पक्राउ गर्न नसकेको भनेर आलोचना भइरहँदा गृहमन्त्री लामिछानेले पुराना फरारहरू समातिने बताएका हुन् ।

‘पुराना फरारहरू समातिन्छन् मात्र होइन धेरै नयाँहरू फरार हुन नपाउन् भन्ने कुराको हेक्का छ,’ लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘हिजो बोलेका शब्द–शब्दको हेक्का छ । भोट माग्दा गरेका वाचाहरूको हेक्का छ ।’

जनताको लाइफलाइन बदल्न आफूले मिहिनेत गरिरहेको पनि उनले बताएका छन् । ‘मिडियाको हेडलाइन म बदल्न सक्दिनँ तर जनताको लाइफलाइन बदल्न मेहनत गर्दैछु । धुलो धेरै छ, पुरानो छ, थोरै पर्खिनु चाहिँ पर्छ’ उनले थपे ।