September 24, 2023, Sunday
२०८० आश्विन ७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

सरकारले स्वास्थ्य क्षेत्रमा नयाँ सुरुवात गर्दैछः प्रधानमन्त्री प्रचण्ड

२०७९ माघ ७

310

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रोटिनयुक्त खानपानको व्यवस्था सबै नागरिकमाझ पुर्‍याउन सरकारबाट भइरहेको प्रयास पर्याप्त नभएको बताएका छन् ।

काठमाडौँमा आयोजित दोस्रो संस्करणको राइट टु प्रोटिन रन हाफ म्याराथन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले खेल क्षेत्रबाट स्वस्थ र अनुशासित जीवनपद्धतिको विकास हुने बताए ।

देश अहिले पोल्ट्री व्यवसायमा आत्मनिर्भर भएको उनले बताए । उनले वनस्पतिजन्य खाद्यान्नमा पनि आत्मर्भिर हुने र बालबालिकालाई त्यसको लागि आवश्यक पर्ने प्रोटिनको मात्रा उपलब्ध गराउने कुरामा सरकार प्रतिबद्ध रहेको बताए।

उनले अहिलेको सरकारले स्वास्थ्यको क्षेत्रमा नयाँ सुरुवात गर्ने तयारी गरेको भन्दै जनताको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर केही नीतिगत र व्यवहारिक निर्णय गर्न लागेको बताएका छन ।

उनले भने, ‘स्वास्थ्यको क्षेत्रमा सरकारले नयाँ सुरुवात गर्दैछ। यो क्षेत्रमा जनताको सेवाको लागि सरकारले गर्नुपर्ने काम धेरै छ। जनताको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर केही नीतिगत र व्यवहारिक निर्णय गर्दैछौँ।’