September 25, 2023, Monday
२०८० आश्विन ९
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

बाँकेको चार पालिकामा खोप अभियान सञ्चालन

२०७९ माघ ७

310

काठमाडौं । दादुरा प्रभावित बाँके जिल्लाको चार वटा पालिकामा शनिबार पनि खोप अभियान सञ्चालन हुँदैछ । शनिबार नेपालगञ्ज उपमहानगरपालिका, खजुरा, नरैनापुर र डुडुवा गाउँपालिकाको १३ वटा वडामा खोप अभियान चलिरहेको छ । १३ वटा वडामा गरी २० वटा खोप केन्द्र सञ्चालन भइरहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

नेपालगञ्जको ४ वटा वडामा ४ खोप केन्द्र, खजुराको २ वटा वडामा २, नरैनापुराको ६ वडा वडामा ११ र डुडुवाको एउटा वडामा ३ वटा खोप केन्द्र सञ्चालन भइरहेको छ ।

बाँकेको हालसम्म २६ वटा वडाहरु दादुराबाट प्रभावित भएका छन् । सबैभन्दा बढी १७ वटा वडा नेपालगञ्जको प्रभावित छन् । खजुराको ४, नरैनापुरको १, डुडुवाको १ र कोहलपुरको ३ वटा वडामा दादुरा फैलिएको छ।

हालसम्म नेपालगञ्जमा २ सय, खजुरामा १८, नरैनापुरमा १५, डुडुवामा ८ र कोहलपुरमा ५ गरी २४६ जनामा दादुरा देखिएको कार्यालयले जनाएको छ । बाँके जिल्लामा हालसम्म ६८ हजार २२१ जनाले दादुरा विरुद्धको खोप पाएका छन् भने ४८ हजार ८२२ जनालाई खोप लगाउन बाँकी छ ।