September 23, 2023, Saturday
२०८० आश्विन ६
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

प्रगतिशील नेपाली समाज दक्षिण कोरियाको प्रथम अधिवेशन सम्पन्न

२०७९ माघ ९

585

काठमाडौंः वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालको प्रवास संगठन प्रगतिशील नेपाली समाज दक्षिण कोरियाको प्रथम अधिवेशन सम्पन्न भएको छ । आज दक्षिण कोरियाको आनसानमा भएको अधिवेशनमा पार्टीका महासचिव आहुति,वैदेशिक श्रमिक बिभाग प्रमुख राजेश नेपाली र सचिवालय सदस्य राजेश्वरी सुवेदीले भर्चुअल माध्यम मार्फत शुभकामना मन्तव्य दिएका थिए । त्यस्तै स्वागत मन्तव्य यदु पासाले दिएका थिए भने वीरेन्द्र विश्वकर्माले सञ्चालन गरेका थिए ।

अधिवेशनले नयन नेयोङको संयोजकत्वमा १३ सदस्यीय समितिको गठन गरेको छ । जसमा सन्तोष बराईली,यदु पासा,वीरेन्द्र बिश्वकर्मा,उज्जवल चाम्लिङ,सुरेश परियार,अर्जुन रसाइली,प्रेम बर्देवा,अरुण सुनार,निशान सुनार,हरि बराइली,अशोक बिश्वकर्मा,प्रकाश घमाल र सुधिर बिश्वकर्मा सदस्य रहेका छन् ।