February 23, 2024, Friday
२०८० फाल्गुन ११
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

बिपी प्रतिष्ठानका उपकुलपति ज्ञानेन्द्र गिरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२०७९ माघ ९

465

काठमाडौं । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नपाएको ओहोदा पाएँ भनी पदीय मर्यादा विपरीत काम गरेको भन्दै उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

डा गिरीले गरेको काम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ बमोजिमको कसुर भएको भन्दै अख्तियारले उनलाई सोही दफा अनुसार एक वर्षदेखि २ वर्षसम्म कैद र ५० हजार देखि १ लाख रुपैयाँ जरिवाना माग गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए ।

उपकुलपति पदमा नियुक्ति भइसकेपछि नियमित काम गर्ने क्रममा अरुले विश्वास गरोस् भनी बदनियतसाथ आधिकारीक निकायबाट प्राप्त नपाएको ओहदा पाएँ भनी दुरुपयोग गरेको देखिएको भण्डारीले बताए ।

प्रतिष्ठानको उपकुलपति नियुक्त डा गिरीले आफ्नो नामको अगाडि प्राध्यापक लेख्दै आएका थिए। उनको प्राध्यापक पद नक्कली भएको भन्दै लामो समय प्रतिष्ठानमा आन्दोलन भएको थियो ।

साथै उक्त कार्यमा ज्ञानेन्द्रमान सिंह कार्कीको मतियारको भूमिका देखिएको भन्दै अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिम कसुरमा कार्कीविरुद्ध पनि मुद्दा दायर गरेको छ।