February 27, 2024, Tuesday
२०८० फाल्गुन १५
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

प्रहरीले ताला खोलेपछि आईओएमका विद्यार्थी र प्रहरीबीच झडप

२०७९ माघ १०

675

काठमाडौंः त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) का विद्यार्थी र प्रहरीबीच झडप भएको छ । विद्यार्थीले आईओएमको डीन कार्यालयमा लगाएको ताला प्रहरीले खोलेपछि केही समय तनाव भएको थियो । आईओएमको विकृति सुधारको माग गर्दै विद्यार्थीले बिहान ताला लगाएका थिए । प्रशासनले प्रहरी लगाएर ताला खोलेपछि विद्यार्थीले प्रहरी विरुद्ध नाराबाजी गरेका थिए । प्रहरीले सामान्य लाठी प्रहार गरेको छ । केही विद्यार्थीलाई नियन्त्रणमा समेत लिएको छ ।

चिकित्सा शिक्षा संघर्ष अभियान र होस्टल सुधार समूहले आईओएमको विकृतिविरूद्ध आन्दोलन गर्दै आएका छन् । विद्यार्थीहरूले होस्टेललाई व्यवस्थित गरि विकृति सुधार गर्नुपर्ने माग राखेका छन् । होस्टेलमै आएर विद्यार्थीलाई प्रशासनले धम्क्याउने गरेको र थेग्नै नसक्ने गरी विद्यार्थी राखेको विद्यार्थीहरुको आरोप छ ।