February 23, 2024, Friday
२०८० फाल्गुन ११
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

माओवादी र नेसपाबीच एकता प्रक्रिया सकारात्मक

२०७९ माघ १०

460

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी  बीच पार्टी एकता प्रक्रिया सकारात्मक रुपमा अगाडि बढेको छ। दुवै पार्टीबीच एकताको लागि कार्यदल बनाएर छलफल भइरहेको छ ।
आज पनि दुई पार्टी एकता कायदलका बीचमा बैठक बस्ने माओवादीका उपमहासचिव तथा वार्ता टोलीका सदस्य गिरिराजमणि पोखरेलले बताए । दिउँसो २ बजे बैठक बस्ने तय भएको उनको भनाइ छ ।

उनले भने, ‘एकता लागि हामीहरुले गरेको वार्ता सकारात्मक रुपमा नै अघि बढेको छ । आज थप छलफल हुन्छ । यसअघि शनिवार पनि नेसपाका नेताहरुसँग छलफल भएको थियो ।’

मंसिर ४ गते भएको निर्वाचनमा डा. बाबुराम भट्टराई नेतृत्वको नेसपाले माओवादीकै चुनाव चिन्ह लिएर लडेको थियो ।

माओवादीकै पूर्व नेता समेत रहेका डा. भट्टराई २०७२ असोज ९ मा तत्कालीन एकीकृत नेकपा माओवादी त्यागेर नयाँ शक्ति गठन गरेका थिए ।