काठमाडौं । त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)मा विद्यार्थी र प्रहरीबीच झडप भएको छ। विद्यार्थीहरुले आईओएमको डीनको कार्यालयमा लगाएको ताला प्रहरीले खोल्ने क्रममा झगडा भएको विद्यार्थी भुवन गिरीले बताए ।
उनका अनुसार चिकित्सा शिक्षा संघर्ष अभियान र होस्टल सुधार समूहले आईओएमको विकृतिविरूद्ध र होस्टलको व्यवस्थापनको लागीसोमबारबाट आन्दोलन गरीरहेका छन् । प्रशासनले प्रहरी लगाएर ताला खोलेपछि विद्यार्थीले प्रहरी विरुद्ध नाराबाजी गरेका थिए । सोही क्रममा झडप भएको थियो ।
झडपको क्रममा प्रहरीले दुई जना विद्यार्थीहरुलाई नियन्त्रणमा लिएको थियो । तर उनीहरु रिहा भइसकेका छन् ।