September 25, 2023, Monday
२०८० आश्विन ९
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

ब्याजदर वाञ्छित सीमामा राख्न धेरै काम गर्नुपर्नेछः अर्थमन्त्री पौडेल

२०७९ माघ १०

355

काठमाडौंः उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले केही समययता बढेको ब्याजदर वाञ्छित सीमामा राख्न धेरै काम गर्नुपर्ने बताएका छन् । ब्याजदर धेरै भएको अवस्थामा लगानी निरुत्साहित हुने भएकाले त्यसलाई जसरी भए पनि वाञ्छित सीमामै राख्नु पर्ने उनको भनाइ थियो ।

राष्ट्रिय वाणिज्य बैंकको ५८औं वार्षिकोत्सवको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । ‘अर्थतन्त्रमा समस्या चुनौति र चाप छ । राजस्व परिरचालन चुनौतिपूर्ण बनेको छ । पुँजीगत खर्च सन्तोषजनक छैन । तरलता यथेष्ट छैन,’ उनले भने, ‘यस्तो अवस्थामा ब्याजदरलाई वाञ्छित सीमामा राख्न सकिएको छैन । जसका लागि धेरै काम गर्नु पर्नेछ ।’

सरकारी लगानीको बैंक भएकाले पनि राष्ट्रिय वाणिज्य बैंकलाई मुनाफामा मात्र केन्द्रित नभई सरकार र राष्ट्र बैंकका नीति कार्यान्वयनका साथै रोजगारी सिर्जनामा पनि प्रभावकारी रुपमा काम गर्न उनले निर्देशन दिए ।यस्तै, उत्पादनमूलक क्षेत्रमा कर्जा लगानी गर्न पनि अर्थमन्त्री पौडेलले बैंकलाई निर्देशन दिएका छन् ।