September 23, 2023, Saturday
२०८० आश्विन ६
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

आज अपराह्नसम्म वाग्मती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी

२०७९ माघ ११

415

काठमाडौं । वाग्मती प्रदेशमा आज अपराह्नसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिएको छ ।

मन्त्रिपरिषद्को संख्या घटाएर परिषद्लाई पूर्णता दिने निर्णय भएको छ । मन्त्रिपरिषद्को हिजो साँझ बसेको बैठकले हाल कायम रहेको १४ मन्त्रालयलाई घटाएर ११ मन्त्रालय बनाउने निर्णय गरेको हो ।

नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रालयको संख्या घटाउनका लागि तयार पारेको कार्यदलले दिएको सुझावका आधारमा प्रदेशमा बढीमा ११ वटा मन्त्रालय कायम गरिने भएको हो ।

मुख्यमन्त्री जम्कट्टेलको अध्यक्षतामा यही पुस २६ गते तीन सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो ।