September 24, 2023, Sunday
२०८० आश्विन ७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

हिमपातले गर्दा डोल्पाको हवाई सेवा, विद्युत र सञ्चार सुविधा प्रभावित

२०७९ माघ ११

315

काठमाडौंः मंगलबार बिहानदेखि मौसममा बदली आउँदा परेको झरी तथा हिमपातका कारण डोल्पाको हवाई सेवा, विद्युत र सञ्चार सुविधा प्रभावित भएको छ । सदरमुकाम दुनैका स्थानीय सरोज ओलीका अनुसार मंगलबारदेखि जुफाल विमानस्थलबाट उडान हुन सकिरहेको छैन भने विद्युत र टेलिफोन सुविधा पनि अनियमित भएको छ ।

डोल्पाका अधिकांश भूभागमा भइरहेको हिमपात बुधबार पनि जारी रहेको र पानी पर्न केही कम भए पनि चिसो भने अत्याधिक बढेको ओलीले जानकारी दिए । लामो खडेरीलाई चिर्दै हिउँदे झरी पर्दा कृषि र पशुपालनका लागि फाइदा हुने भए पनि चिसो बढ्दा भने जनजीवन प्रभावित भएको छ ।