September 24, 2023, Sunday
२०८० आश्विन ७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

कर्णालीकी सभामुख नन्दा गुरुङले एमालेसँगको आवद्धता त्यागिन्

२०७९ माघ ११

335

काठमाडौं । कर्णाली प्रदेशसभाकी सभामुख नन्दा गुरुङले नेकपा एमालेसँगको सबै आवद्धता त्यागेको घोषणा गरेकी छन् ।

बुधबार विज्ञप्ति जारी गरेर उनले साझा भूमिकामा रहनुपर्ने सभामुखमा निर्वाचित भएकाले एमालेको सम्पूर्ण जिम्मेवारी र आवद्धताबाट अलग भएको घोषणा गरेकी हुन् ।

साथै सभामुख पदको जिम्मेवारी वहन गर्दा स्वतन्त्र र निष्पक्ष भूमिका निर्वाह गर्ने उनले प्रतिबद्धता जनाएकी छन् ।