September 24, 2023, Sunday
२०८० आश्विन ७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

प्रेमप्रसादजी तपाईंको निर्णयमा हामी दोषी छौं, माफ गर्नुहोला: गृहमन्त्री लामिछाने

२०७९ माघ ११

365

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संघीय संसद् भवनअगाडि आत्मदाह प्रयास गरेकाप्रति आफूहरू दोषी रहेको बताएका छन् ।

बुधबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै गृहमन्त्री लामिछानेले आचार्यको आत्माको चीर शान्तिको कामना गरेका हुन् ।

‘दुख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँहरूको आगमनले समेत तपाईँमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन । आत्मदाहको निर्णय फेर्न सकेन । यसमा हामी दोषी छौँ, म दोषी छु। प्रेम आचार्य जी, नयाँ राजनीतिक दल र नेताको रूपमा तपाईँमा आशा जगाउन सकेनौँ । हामीलाई माफ गर्नु होला ।’लामिछानेले भने ।

गृहमन्त्री लामिछानेले लेखेका छन्-

एउटा नागरिकले  अत्मदाह गर्नु पर्ने परिस्थितिको वर्णन गर्न अब के नै बाँकी  रह्यो र। यस्तै परिस्थितिका कारण शान्त विद्रोह गरेर हामी हिजो भर्खर राजनीतिमा र आज भर्खर सरकारमा सामेल छौं। मलाई थाहा छ, आत्मदाहको निर्णय हिजोदेखिको निराशा र पीडाको परिणाम  हो। दुस्ख त मलाई यसमा लागेको छ कि हामीजस्ता नयाँहरूको आगमनले समेत तपाईंमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन। यसमा हामी दोषी छौं, म दोषी छु। प्रेम आचार्यजी, नयाँ राजनीतिक दल र नेताको रूपमा तपाईंमा आशा जगाउन सकेनौं,  हामीलाई  माफ गर्नुहोला। तपाईंको आत्माले चीर शान्ति पाओस् ,परिवारलाई यो पीडा सहने शक्ति मिलोस्।