May 27, 2024, Monday
२०८१ जेष्ठ १४
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै, सभापतिमा पुन: लामिछानेलाई जिम्मेवारी दिने

२०७९ माघ १५

545

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बस्दैछ । बैठक आज दिउँसो ३ः३० बजेका लागि बोलाइएको छ ।

आजको बैठकमा पार्टी सभापतिमा पुन: लामिछानेलाई जिम्मेवारी दिनेबारेमा पनि छलफल हुनेछ। शुक्रबार नागरिकता मुद्दामा सर्वोच्च अदालतले लामिछानेको सांसद पद बदर गरिदिएसँगै पार्टी सभापति पदसमेत गएको थियो ।

लामिछानेले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिइसकेका छन् । लामिछानेले नागरिकता लिएसँगै पार्टी केन्द्रीय समिति बैठक बोलाइएको हो ।