September 24, 2023, Sunday
२०८० आश्विन ७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

रजनीकान्तलाई बिना अनुमति दुरूपयोग गरे कारबाही

२०७९ माघ १६

980

काठमाडौं  । साउथ फिल्मका दिग्गज अभिनेता रजनीकान्त अभिनयका महाराथी हुन् भन्दा फरक नपर्ला । विश्वभरी नै यी अभिनेतालाई मनपराउने फ्यानको संख्या उल्लेख्य छ ।

यही बीचमा रजनीकान्तले आफ्नो निजी अधिकारलाई सुरक्षा गर्न एक महत्वपूर्ण निर्णय लिएका छन् । उनले अनुमति बिना आफ्नो नाम, स्वर, फोटो र उनीसँग जोडिएका कुनै पनि वस्तु प्रयोग गरे कडा कारवाही गर्ने घोषणा गरेका छन् ।

रजनीकान्तका वकिल इलाम भारतीले केही व्यक्तिविरुद्ध आपराधिक कारबाहीको चेतावनीयुक्त पत्र जारी गरेका छन् । जसअनुसार कसैले पनि अभिनेताको निजी र एक सेलिब्रेटीका रुपमा अधिकारलाई बिना अनुमति प्रयोग गरेमा उ विरुद्ध कानुनी कारबाही गरिनेछ ।

अधिकांश व्यक्तिहरु सेलिब्रेटीको नाम, फोटो, स्वर र फेमका माध्यमबाट आफ्नो फलोअर बढाउन, उत्पादन बेच्न र व्यावसायिक रुपमा प्रयोग गर्न सक्रिय छन् । यस्तो अवस्थामा रजनीकान्तका वकिलले सूचना जारी गरेपछि अब यस्तो काममा कडाई गरिएको छ ।