September 23, 2023, Saturday
२०८० आश्विन ६
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

२०७९ माघ १७

310

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महान्यायाधिवक्ता कार्यालयको २०७८/७९ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति कार्यालयस्थित शीतल निवासमा आज आयोजित एक समारोहमा महान्यायाधिवक्ता डा दिनमणि पोखरेलले प्रतिवेदन पेस गरे ।

नेपालको संविधानअनुसार महान्यायाधिवक्ताले प्रत्येक वर्ष वार्षिक प्रतिवेदन बुझाउनुपर्ने संवैधानिक व्यवस्था छ । प्रतिवेदनमा महान्यायाधिवक्ता कार्यालयले वर्षभरिमा गरेका संवैधानिक एवं कानुनी विषयमा दिएको राय सल्लाहको विवरण, सरकारवादी भइचलेका मुद्दासम्बन्धी विवरण, सरकार वादी वा प्रतिवादी भई दायर भएका मुद्दाको विवरण समावेश गरिएको छ ।