September 23, 2023, Saturday
२०८० आश्विन ६
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

कञ्चनपुरमा अनाथालयका प्रमुख नै बलात्कार आरोपमा पक्राउ

२०७९ माघ १७

380

काठमाडौंः कञ्चनपुरमा नाबालिकामाथि बलात्कार गरेको आरोपमा अनाथालयका प्रमुख पक्राउ परेका छन् । सदरमुकाम महेन्द्रनगरस्थित महाकाली बाल अनाथालयका प्रमुख शंकरबहादुर चन्दलाई बलात्कार आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिएका हुन् ।

 

उनका अनुसार अनाथालयमा आश्रित १४ वर्षीया र १६ वर्षीया नाबालिकामाथि बलात्कार गरेको अभियोगमा चन्दलाई मंगलबार बिहान पक्राउ गरिएको हो । अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ । यस अनाथालय समाज कल्याण परिषद् अन्तर्गतको सरकारी स्वामित्वको अनाथालय हो ।