September 23, 2023, Saturday
२०८० आश्विन ६
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले फागुन १ मा संकल्प पर्व मनाउने

२०७९ माघ १८

1.9K

काठमाडौंः वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी,नेपालले फागुन १ गतेको जनयुद्ध दिवसको दिनलाई संकल्प पर्वको रुपमा मनाउने भएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै पार्टीले उक्त पर्व मनाउने घोषणा गरेको हो । गत चैतमा सम्पन्न भएको पार्टीको राष्ट्रिय भेलाले पारित गरेको राजनीतिक प्रतिवेदन तथा विधानले दिशानिर्देश गरे अनुसार उक्त पर्व मनाउन लागिएको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै १० वर्ष चलेको जनयुद्ध नेपाली जनताले आफ्नो मुक्ति र देशको स्वाधिनताको निम्ति चलाएका इतिहासका सबै संघर्षहरुको उच्चतम समष्टि भएकोले यसलाई केबल जनयुद्ध दिवसको रुपमा मात्र नभई इतिहासमा चलाएका सबै संघर्ष र बलिदानलाई त्यसैभित्र समेट्ने गरी संकल्पको रुपमा मनाउन लागिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै पार्टीले यस पर्वलाई सिंगो समाजको सांस्कृतिक पर्व नै बनाउने निर्णय समेत गरेको छ ।

पुरा विज्ञप्तिः