September 24, 2023, Sunday
२०८० आश्विन ७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

संसदमा उठ्यो बाँदर आतंक नियन्त्रण र खाद्य सुरक्षाको माग

२०७९ माघ १८

350

काठमाडौं । प्रतिनिधिसभा सदस्य ईश्वरबहादुर रिजालले दोलखामा बढेको बाँदर आतंक नियन्त्रण गरेर खाद्य सुरक्षा गर्न माग गरेका छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले दोलखामा बाँदर आतंक बढ्दा बसाईंसराइको घटना बढेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

बादर आतंक नियन्त्रण गरेर संविधानप्रदत्त खाद्य सुरक्षाको सुनिश्चित गर्न माग गरेका उनले बाली बिमाको कार्यक्रम पनि लागु गर्न सरकारसँग माग गरे ।

जारी बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराइरहेका छन् ।