September 24, 2023, Sunday
२०८० आश्विन ७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

२१ लाख भारतीय रुपैयाँसहित कपिलवस्तुबाट ३ जना पक्राउ

२०७९ माघ २०

395

काठमाडौंः कपिलवस्तु प्रहरीले २१ लाख भारतीय रुपैयाँसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको सिद्धार्थनगर थाना तेतरी बजार ग्राम अनुपनगर घर भई हाल कपिलवस्तुको मायादेवी गाउँपालिका(१ बस्‍ने २८ वर्षीय हमिद मुसलमान, शुद्धोदन गाउँपालिका(६ बिमिहा बस्‍ने ३५ वर्षीय राजेश कुमार बर्मा र सोही गाउँपालिका( बस्‍ने २६ वर्षीय राकेश कुमार बर्मा रहेका छन् ।

उनीहरुको साथबाट प्रहरी २१ लाख ७ हजार १०० बरामद गरेको छ । पक्राउ परेका उनीहरुलाई आवश्यक कारबाही तथा अनुसन्धानको लागि राजस्व अनुसन्धान कार्यालय बुटवल रुपन्देहीमा पठाइएको प्रहरीले जनाएको छ ।