September 23, 2023, Saturday
२०८० आश्विन ६
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

प्रतिनिधिसभाको बैठक सुरु

२०७९ माघ २२

320

काठमाडौं । प्रतिनिधिसभाको बैठक बसिरहेको छ ।

नयाँ बानेश्वरस्थित संसद भवनमा जारी बैठकमा अहिले सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराइरहेका छन् ।

बैठकको शून्य समयमा सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराइरहेका हुन् ।

जारी बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ आदेश पेस गर्ने कार्यसूचीमा छ ।