September 24, 2023, Sunday
२०८० आश्विन ७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

माओवादी केन्द्रकी अर्यालद्वारा राष्ट्रियसभाको उपाध्यक्षमा उम्मेदवारी

२०७९ माघ २२

405

काठमाडौंः नेकपा माओवादी केन्द्रकी उर्मिला अर्यालले राष्ट्रियसभाको उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेकी छन् । नयाँ बानेश्वरस्थित संघीय संसद सचिवालयमा सत्तारुढ गठबन्धनको तर्फबाट आइतबार दिउँसो उनले उम्मेदवारी दर्ता गरेकी हुन् । अर्यालको प्रस्तावकमा नारायणकाजी श्रेष्ठ र समर्थकमा देवेन्द्र दाहाल र खिमलाल देवकोटा रहेका छन् ।

कांग्रेसले पनि अर्याललाई समर्थन गर्ने निर्णय गरेकाले उनी निर्विरोध निर्वाचित हुने सम्भावना रहेको छ । राष्ट्रियसभा उपाध्यक्ष पदका लागि आइतबार दिउँसो १ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । निर्वाचन भने सोमबार हुनेछ ।