काठमाडौंः वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी,नेपालको जनवर्गीय संगठन वैज्ञानिक समाजवादी विद्यार्थी संगठन मधेश प्रदेशले CTEVT को मधेश प्रदेश कार्यालयका प्रमुख समक्ष मागपत्र र ज्ञापनपत्र पेश गरेको छ । सोमबार धनुषाको जनकपुर स्थित प्रदेश कार्यालयमा विशेष छात्रवृत्तीमा अध्ययन गरिरहेका विद्यार्थीहरुको निर्वाह भत्ता उपलब्ध नगराएको,तोकिएको समयमा परिक्षा नभएको र समयमै नतिजा प्रकाशित नभएको समस्यालाई लिएर विद्यार्थीहरुले २ दिनभित्र आफुहरुको माग सम्बोधन गर्न माग गर्दै उक्त मागपत्र र ज्ञापनपत्र बुझाएको हो ।
यसअघि आईतबार वैज्ञानिक समाजवादी विद्यार्थी संगठनको वि.पी मेमोरियल पोलिटेक्निक ईन्स्टिच्युट मुल इकाई समितिले आन्दोलन समेत गरेको थियो । आन्दोलनका क्रममा प्रशासनले ईन्स्टिच्युट परिसर भित्रै प्रहरी खटाएको र विद्यार्थीहरुलाई डर,धाक र धम्की समेत दिएको विद्यार्थीहरुको आरोप छ ।
विद्यार्थीहरुले आफ्ना समस्याहरुलाई पटकपटक CTEVT को केन्द्रीय कार्यालयमा नै जानकारी गराउँदा समेत बेवास्ता गरिएकाले उक्त आन्दोलन गर्नुपरेको र अबको २ दिनभित्र उक्त समस्याहरुको सम्बोधन नभएमा तालाबन्दी गरी पठनपाठन नै ठप्प पारेर आन्दोलन गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।