June 18, 2024, Tuesday
२०८१ असार ४
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

बुहारीमाथि जर्बजस्ती करणीको आरोपमा ससुरा पक्राउ

२०७९ माघ २५

545

काठमाडौंः बुहारीमाथि जर्बजस्ती करणीको आरोपमा ससुरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले सुनवर्षी नगरपालिका–१ मोरङबाट बुहारीमाथि बलात्कार गरेको आरोपमा ससुरालाई पक्राउ गरेको हो । यद्यपि पक्राउ पर्नेको नाम भने सार्वजनिक गरिएको छैन । प्रहरीका अनुसार उनीमाथि अनुसन्धान जारी छ ।

मोरङ प्रहरीका डिएसपी टीकाबहादुर कार्कीका अनुसार सुनवर्षीकी २५ वर्षीया युवतीले हिजो ५८ वर्षीय ससुराविरुद्ध इलाका प्रहरी कार्यालय रंगेलीमा बलात्कार गरेको भनेर किटानी जाहेरी दिएकी थिइन् । सोही जाहेरीका आधारमा अमरदह प्रहरी चौकीबाट खटिएको टोलीले पक्राउ गरेको कार्कीले जानकारी दिए । जबरजस्ती करणी मुद्दा चलाउन बुधवार अदालतबाट म्याद थप गरेर घटनाको अनुसन्धान थालेको र पीडित महिलाको विराटनगरमा स्वास्थ्य परीक्षण गरिएको छ ।