September 25, 2023, Monday
२०८० आश्विन ९
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

नेपालमा वैचारिक र सांस्कृतिक अवस्था स्खलित: नारायणकाजी श्रेष्ठ

२०७९ माघ २५

420

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले आफलू मन्त्री बनेदेखी नै सम्बन्धित क्षेत्रमा सुशासन स्थापित गर्न लागिपरेको बताएका छन्  ।

महोत्तरीस्थित बर्दिबासमा आयोजित एक कार्यक्रममा मन्त्री श्रेष्ठले विकासको मुख्य मेरूदण्डको रुपमा रहेको सुशासन स्थापित गर्न आफू लागिपरेको बताएका हुन् ।

यातायात र भौतिक पूर्वाधारको क्षेत्रमा चरम बेथिति रहेको स्वीकार्दै उनले सुशासन स्थापनासँगै यसको सावधान हुनेमा विश्वास व्यक्त गरे ।नेपालमा वैचारिक र सांस्कृतिक अवस्था स्खलित भएको हुनाले कम्युनिष्टहरू उपभोक्तावादको शिकार भएको उनले बताए ।

माओवादी केन्द्रमासमेत वैैचारिक संकट रहेको स्वीकार गर्दै माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठले भने, ‘ कम्युनिष्ट आन्दोलनलाइ जीवन्त बनाइराख्न रुपान्तरण गर्दै पुनःगठनको प्रक्रियामा लैजानुपर्छ ।’

वैचारिक र सांस्कृतिक अवस्थालाई मध्यनजर गर्दै मन्त्री श्रेष्ठले कम्युनिष्टहरूमा एकताको आवश्यकता औँल्याए ।