September 23, 2023, Saturday
२०८० आश्विन ६
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

उत्पादनसँग जोडिने शैक्षिक कार्यक्रम आवश्यक छः डा.भट्टराई

२०७९ माघ २६

505

काठमाडौंः पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जीवनोपयोगी, रोजगारमूलक र गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने धारणाा व्यक्त गरेका छन् । साउथ वेस्टर्न स्टेट कलेजद्वारा आज आयोजित विज्ञान प्रदशर्नी कार्यक्रम उद्घाटन गर्दै उनले रोजगारी र उत्पादनसँग जोडिने गरी शैक्षिक कार्यक्रम सञ्चालन हुनुपर्नेमा जोड दिएका हुन् ।

उच्च शिक्षा अध्ययनका क्रममा बर्षेनी हजारौँ विद्यार्थी विदेशिने गरेको चर्चा गर्दै उनले भने, ‘गुणस्तरीय शिक्षा प्रदान गरी युवा वर्गलाई स्वदेशमै बस्ने वातावरण सिर्जना गर्नेतर्फ राज्य र शिक्षण संस्थाहरूको पनि ध्यान जान आवश्यक छ ।’ उनले हाम्रा विद्यार्थी विदेश जानबाट रोक्नका लागि स्वदेशमै सूचना प्रविधिमा आधारित भई प्राविधिक, व्यावसायिक र सीपमूलक शिक्षा उपलब्ध गराउन सक्नुपर्ने बताए ।