September 23, 2023, Saturday
२०८० आश्विन ६
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

राज्य संरचनामा प्रविधि बुझेको मान्छे भए प्रविधि विस्तारमा सहज हुन्छः सीके राउत

२०७९ माघ २८

360

काठमाडौंः जनमत पार्टीका अध्यक्ष डा। सीके राउतले राज्यको संरचनामा नयाँ प्रविधि बुझेको मान्छे हुनुपर्ने बताएका छन् । काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको सूचना प्रविधि मेलाको अवलोकन गर्दै अध्यक्ष राउतले राजनीतिक तहमा प्रविधिसँग जानकार व्यक्तिको पहँुच भएमा देशमा प्रविधिको विस्तार गर्न सहज हुने बताएका हुन् । ‘सूचना र प्रविधि क्षेत्रको विषयमा जानकार नभइदिँदाखेरि हाँस्यास्पद स्थितिहरु पनि हामीले देख्ने गरेका छौं । त्यो भएर सकेसम्म राजनीतिक ठाउँमा प्रविधिसँग जानकार व्यक्तिको पहुँच भयो भने प्रविधिको विस्तार गर्न सहज हुन्छ’ उनले भने ।

राज्यले कुनै पनि प्रविधिको प्रयोग गर्दा त्यसको सुरक्षाको सम्बन्धमा ध्यान दिनुपर्ने उनको भनाइ छ । प्रविधिको प्रयोग गर्दा राज्यले डेटा सर्भर कहाँ राख्ने ? सुरक्षा नीति के हुने ? लगायतको विषयमा विशेष रुपमा ध्यान पुर्‍याउनुपर्ने डा. राउतले बताए । ‘राज्य संयन्त्रले कुनैपनि प्रविधि एडप्ट गर्दाखेरि धेरैकुरा सोच्नुपर्ने हुन्छ । जस्तो कि डेटा सर्भर कहाँ छ रु त्यसमा सुरक्षा नीति के खालको हुनेछ ? सुरक्षा प्रत्याभुति दिनसक्छौँ कि सक्दैनौँ ? र सबैकुरा फेलरको ब्याकअप कस्तो छ ? पूर्ण रुपमा फेलर भयो भने अनि के गर्ने ? धेरै कुरा सोचेर मात्रै कदम चाल्नुपर्ने हुन्छ’ उनले भने ।