September 23, 2023, Saturday
२०८० आश्विन ६
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

भारतीय विदेश सचिव र परराष्ट्रमन्त्री पौड्यालबीच भेटवार्ता

२०७९ फाल्गुन १

420

काठमाडौंः नेपाल भ्रमणमा रहेका भारतीय विदेशसचिव विनयमोहन क्वात्राले परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसंग भेटवार्ता गरेका छन् । मन्त्री पौड्याल भेट्न विदेश सचिव आज सिंहदरबार पुगेका हुन् ।

नेपालका परराष्ट्र सचिव भरत पौड्यालको निमन्त्रणामा आज नेपाल आएका विदेश सचिव क्वात्राले राजनीतिक भेटवार्ता सुरु गरेका छन् । यसअघि उनी नेपाल-भारत विदेश सचिवस्तरीय भेटवार्तामा सरिक भएका थिए ।