September 23, 2023, Saturday
२०८० आश्विन ६
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

उपत्यकामा सार्वजनिक यातायात बन्दको आशिंक प्रभाव

२०७९ फाल्गुन २

555

काठमाडौंः आन्दोलनरत यातायात मजदुरहरुले काठमाडौं उपत्यकामा मंगलबार आह्वान गरेको सार्वजनिक यातायात बन्दको आंशिक प्रभाव परेको छ । केही बस, माइक्रो बस र ट्याक्सीहरु चलिरहेका छन् । यद्यपि अघिल्ला दिनको तुलनामा कम संख्यामा सार्वजनिक गाडीहरु चलेका छन् । त्यसैले यात्रुहरु कोचिएर यात्रा गर्न बाध्य छन् । केही पैदलै हिँडेर गन्तव्यमा जान बाध्य छन् । सार्वजनिक बाहेकका यातायातका साधन भने निर्वाध चलिरहेका छन् ।

यातायात मजदुरहरुले सरकारले आफूहरुसँग गरेको सहमति पालना नगरेको आरोप लगाउँदै सार्वजनिक यातायत बन्द आह्वान गरेका हुन् । बन्दमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघ संलग्न रहेका छन् । उनीहरुले सोमबार काठमाडौंको बालाजु क्षेत्रमा गरेको विरोध प्रदर्शनमा तोडफोड र आगजनीसमेत भएको थियो ।