June 18, 2024, Tuesday
२०८१ असार ५
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

चितवन दुईमा १० वैशाखमा उपनिर्वाचन, उम्मेदवारी दिने रवि लामिछानेको तयारी

२०७९ फाल्गुन २

670

काठमाडौंः निर्वाचन आयोगले चितवन २ मा हुने उपनिर्वाचनका लागि २० चैतमा उम्मेदवारी दर्ताको कार्यक्रम तय गरेको छ । १० वैशाखमा हुने उपनिर्वाचनका लागि २० चैतमा उम्मेदवारी दर्ताको समय आयोगले तोकेको हो । उम्मेदवारविरुद्ध २१ गते उजुरी दिन सकिनेछ । २२ गते उजुरीमाथि निर्णय गरी २३ गते निर्वाचन चिह्न दिइने आयोगले जनाएको छ ।

गत ४ मंसिरमा भएको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएका थिए । तर, नागरिकता प्रकरणमा सर्वोच्च अदालतले लामिछानेको सांसद पद खारेज गरेपछि उक्त क्षेत्रमा उपनिर्वाचन हुने भएको हो । आयोगले उक्त क्षेत्रका लागि १ फागुनदेखि १६ चैतसम्म मतदाता नामावली अध्यावधिकको कार्यक्रम सञ्चालन गरिरहेको छ । उक्त क्षेत्रमा पुनः रास्वपाका सभापति लामिछानेले पनि उम्मेदवारी दिने तयारी गरेका छन् ।