September 24, 2023, Sunday
२०८० आश्विन ७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

आज निःशुल्क बाइक र ट्याक्सी सेवा दिँदै ट्याक्सीमाण्डु

२०७९ फाल्गुन २

305

काठमाडौं-यातायात व्यवसायी र मजदुरले विभिन्न माग राख्दै गरेको आन्दोलन र आजको यातायात बन्दलाई समर्थन गर्दै राइड सेयरिङ एप ट्याक्सीमाण्डुले यात्रुहरुको असुविधालाई ध्यानमा राख्दै बिहान १० बजेदेखि साँझ ७ बजेसम्मका लागि नि:शुल्क ट्याक्सी सेवा सञ्चालनमा ल्याएको छ । आज सार्वजनिक यातायात बन्दका कारण आफ्नो गन्तव्यमा पुग्ने यात्रुहरुले ट्याक्सीमाण्डु एपमार्फत निशुल्क सेवा लिन सक्नेछन् ।

यातायात व्यवसायी र मजदुरका कतिपय माग जायज भए पनि अत्यावश्यक सेवाको रुपमा रहेको यातायात बन्द गरिदाँ सर्वसाधारणमाथि पर्ने असरलाई मध्यनजर गर्दै निशुल्क सेवा सुचारु गरिएको ट्याक्सीमाण्डुका सिइओ अर्जुन केसीले बताए । नि:शुल्क सेवा प्रयोग गर्न NEPALRIDE प्रोमो कोड प्रयोग गर्नुपर्ने केसीले जानकारी दिए ।

ट्याक्सीमाण्डु सम्पुर्णरुपमा स्वदेशी लगानीमा सञ्चालित राइड सेयरिङ एप भएकाले पनि सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर यात्रुका सुविधाका लागि सार्वजनिक यातायात नभएको अवस्थामा आज एक दिन निशूल्क गरिएको कम्पनीले जनाएको छ ।