काठमाडौंः नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन स्वास्थ्य उपचारका लागि चीन प्रस्थान गरेका छन् । वंशाणुगत जन्डिसबाट पीडित पुन मंगलबार नियमित उपचारका लागि श्रीमती ओनसरी घर्तीसहित चीन प्रस्थान गरेको पारिवारिक स्रोतले जनाएको छ ।
उनी यसअघि ५ पुसमा उपचार गराएर चीनबाट फर्किएका थिए । चीनको सेनजेन प्रान्तस्थित थर्ड पिपुल्स अस्पतालमा उनको उपचार भएको थियो ।